नेप्सेमा हिमालयन बैंकको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2022 | 11:33:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सच्नेज नेप्सेमा आज बुधबार २ करोड कित्ता बोनस शेयर सुचिकृत भएको छ ।  आज हिमालयन बैंकको २१.३८ प्रतिशतले हुन आउने २ करोड २८ लाख ४३ हजार २ सय ४८ दशमलव९७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद लाभांश बितरण गरेको थियो। सोहि बोनस शेयर आज सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

हाल हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रक्रियामा रहेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई १००:८१ को स्वापमा प्राप्ति गर्न लागेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved