आज पनि घट्यो नेप्से सूचक: सीआईटी र शिवम् सिमेन्टको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2022 | 03:21:25 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार शेयरबजार परिसूचक नेप्से अंकले घटेको छ । आज सूचक ५.११ अंकले घटेर २०५७.६८ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २१८ कम्पनीका ६६ लाख ४० हजार ८ सय ४४ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ९३ करोड ५५ लाख २० हजार १ सय ४६ रुपैयाँ ५२ पैसाको कारोबार भएको छ। जस मध्ये नागरिक लगानी कोषको १० करोड ६८ लाख, शिवम सिमेन्टको ६ करोड ८८ लाख, हिमालयन डिस्टिलरीको ६ करोड ७१ लाख, तथा नबिल बैंकको ६ करोड ४६ लाखको कारोबार भएको छ 

आज कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन र लगानी बाहेकका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक १.४९ प्रतिशतले घटेको छ ।  

आज हिमालयन हाइड्रोको शेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ भने युनिलिभरको शेयरमूल्य ४.३० प्रतिशतले बढेको छ । आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ भने हिमालयन पावर पार्टनरको शेयर मूल्य ३.७२ प्रतिशतले घटेको छ ।   

आज कारोबारमा आएका मध्ये ११९ कम्पनीको शेयर मूल्य घटेको छ भने ५६ कम्पनीको मूल्य बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved