१७ प्रतिशतले बढ्यो साना किसान लघुवित्तको खुद नाफा, ४५ रुपैयाँ ईपीएस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2022 | 08:45:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा साना किसान लघुवित्तको खुद नाफा १७.४५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा कम्पनीले ६० करोड ३१ लाख खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७८/७९ मा कम्पनीको खुद नाफा बढेर ७० करोर्ड ८३ लाख पुगेको हो ।

यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ४३ करोड ८८ लाख रहेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १०.६८ प्रतिशतले बढेर १ अर्ब ३४ करोड पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको सापटी २४.५३ प्रतिशतले बढेर १६ अर्ब ३० करोड पुगेको छ भने कर्जा प्रवाह २२.७३ प्रतिशतले बढेर २९ अर्ब ३१ करोड पुगेको छ । कम्पनीको खराब कर्जा ०.६८ प्रतिशत रहेको छ ।

१ अर्ब ५६ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा २ अर्ब ६० करोड रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ४५ रुपैयाँ २८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २६६ रुपैयाँ ८ पैसा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved