कुन मूल्यमा भयो अपर हेवाखोला हाइड्रोको पहिलो शेयर कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2022 | 10:50:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर कारोबार सुरु भएको छ । आज बिहिबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएसंगै अब नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ ।

कम्पनीको पहिलो कारोबार प्रति कित्ता १३० रुपैयाँ २ पैसामा भएको छ  ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा १३० रुपैयाँ २ पैसाबाट कारोबार सुरु भएको हो।  कम्पनीको UHEWA सिम्बलबाट कारोबार भएको हो ।  बुधबार कम्पनीको ५० लाख कित्ता शेयर सुचिकृत भएको हो ।  

 कम्पनीले असार २४ गतेदेखि असार २९ गतेसम्म सर्वसाधारणलाई आईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले सर्बसाधारणको लागि १५ लाख कित्ता शेयर निष्काशन गरेको थियो। जस मध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको १३ लाख ९५ हजार कित्ता शेयरको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।  

कम्पनीले प्रदेश नं. १ अन्तर्गत संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरि रहेको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved