कहिलेसम्म कायम इकाईधनीले पाउछन् सिद्धार्थ क्यापिटलको म्युचुअल फण्डले दिने लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2022 | 01:05:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ क्यापिटलले आफ्ना म्युचुअल फण्डले वितरण गर्ने लाभांशको लागि बुक क्लोज मिति तय गरेको छ  । क्यापिटलले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्ड, र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको हो ।

लाभांश वितरणको लागि दुवै योजनाको बुक क्लोज मिति भदौ ७ गते रहेको छ  । भदौ ६ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन्  । क्यापिटलको श्रावण २५ गते अपरान्ह ३:१५ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने  १३ करोड पचास लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई  १० प्रतिशतका दरले हुन आउने रकम  बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । 

 सिद्धार्थ व्यवस्थित लगानी योजनाको आ.व. २०७८/७९ का लागि प्रतिफल घोषणा नगर्ने निर्णय क्यापिटलले गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved