हालसम्म आधा दर्जन म्युचुअल फण्डको लाभांश घोषणा , कुनको कति ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2022 | 01:46:19 PM मा प्रकाशित

laxmi  sunrise bank

हालसम्म ६ वटा म्युचुअल फण्ड योजना हरुले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । हालसम्म लक्ष्मी क्यापिटल, एनएमबि क्यापिटल र सिद्धार्थ क्यापिटलले संचालन गरेका म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् । 

जस अनुसार लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत नै सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ।

 एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनएमबि म्युचुअल फण्ड अन्तर्गत नै संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै एनएमबि सरल बचत फण्ड ई ले लाभांश दिने छैन 

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने  १३ करोड पचास लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई  १० प्रतिशतका दरले हुन आउने रकम  बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।  सिद्धार्थ व्यवस्थित लगानी योजनाले भने लाभांश दिने छैन। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved