कम्पनी मर्जरमा जादाँ १५ दिन मात्र कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2022 | 04:47:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले अब मर्जर तथा एक्विजिसनमा जाने कम्पनीको सेयर कारोबार १५ दिनमात्रै रोक्का गर्नु पर्ने निर्देशिकाकाे मस्याैदा तयार गरेको छ ।

धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने कम्पनीहरुको सेयर कारोबार निर्देशिका १०७९ को ड्राफ्ट तयार गर्दै अब  कम्पनीकाे मर्जर सम्झाैता भएपछि मात्रै अधिकतम् १५ दिन मात्रै सेयर काराेबार राेक्का हुने व्यवस्था गर्न लागेकाे हाे ।

‘एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ,’ निर्देशिकाको मस्यौदामा भनिएको छ ।’

तर प्रारम्भिक समझदारी भए पश्चात धितोपत्र बजारले गाभ्ने/गाभिने वा लक्षित संगठित संस्थाका आधारभूत सेयरधनीको कारोबार मर्जर सम्झाैता भएपछि भने राेक्का हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved