वाईकोले नै पाउने भयो नेप्सेको अनलाइन ट्रेडिङ सिस्टमको स्तरोन्नतिको ठेक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2022 | 01:00:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले 'नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) ' को स्तरोन्नतिको जिम्मा वाईको प्राइभेट लिमिटेडलाई दिने भएको छ । नेप्सेले अनलाइन ट्रेडिङ सिस्टम (नट्स)' को स्तरोन्नतिको लागि गत बैशाख २७ गते  दोस्रो पटक आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट, ईओआई)  आह्वान गरेको थियो ।  

नेप्सेले जेठ ११ गतेसम्म आवेदन दिन आग्रह गरेको थियो । नेप्सेले आशयपत्र आएपछि तिनीहरुको मुल्यांकन गरि उत्कृष्ट ६ वटा कम्पनीसँग प्राविधिक र आर्थिक प्रस्ताव माग गरिएको जनाएको छ । जस मध्ये वाईकोले पेश गरेको प्राविधिक र आर्थिक प्रस्ताव प्रस्ताव छनौट भएको नेप्सेले जनाएको छ  । नेप्सेले जनशक्तिको योग्यता र अनुभवलाई ४० प्रतिशत, कम्पनीको अनुभवलाई ४० प्रतिशत, र कम्पनीको क्षमतालाई १० प्रतिशत अंकको आधारमा मुल्यांकन गरिएको जनाएको छ 

वाईकोले पेश गरेको प्राविधिक र आर्थिक प्रस्ताव छनौट भएसंगै अब वाईकोले नै यस कामको लागि ठेक्का पाउने छ । जस अन्तर्गत वाईकोले नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को पर्फरमेन्स ट्युनिङ, अप्टिमाईजेसन, डाटा माइग्रेसन र डिप्लोईमेन्ट कार्य गर्नेछ । 

'नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) ' वाईकोले नै तयार पारेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved