धितोपत्र बोर्डलाई लगानीकर्ता संघको ध्यानाकर्षण पत्र 'नयाँ ब्रोकर लाईसेन्समा बहानाबाजी नहोस्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2022 | 01:45:21 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ताका ३ वटा संघहरुले विभिन्न विषयमा नेपाल धितोपत्र  बोर्डका अध्यक्षको ध्यानाकर्षण गराएका छन्  ।  नेपाल ईन्भेष्टर्स फोरम,  शेयर लगानीकर्ता संघ नेपाल r  नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा बोर्ड अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

पत्रमा  नेपाल स्टक एक्सचेञ्जलाई निजिकरण वा नयाँ स्टक एक्सचेञ्ज खुल्ने करा अत्यन्त समसामयिक देखिएको हुँदा उक्त कार्यलाई यथाशिघ्र कार्यान्वयन गर्न माग गरिएको छ। त्यस्तै  तत्काल ब्रोकर, नेप्से, सिडियस र स्वयं धितोपत्र बोर्डको समेत लगानीकर्ताहरुबाट असुल गर्दै आएको कमिसन तत्काल घटाउन माग गरिएको छ ।

साथै नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट पारित भई मन्त्रिपरिषदमा पेश भएको नयाँ ब्रोकर लाईसेन्स वितरण सम्वन्धि कार्यलाई कुनै ढिलासुस्ति वा बाहानाबाजी नगरि यथाशिघ्र ५० लाख प्रत्यक्ष सहभागी लगानीकर्ताहरुको आवश्यकतालाई मध्य नजर गर्दै नेपाल सरकार मन्त्रि परिषदवाट स्विकृत गरी अविलम्ब कार्यान्वयनमा ल्याउन पहल कदमिको लागि अनुरोध गरिएको छ। नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको निती तथा कार्यक्रममा बोर्डले लगानीकर्ताहरु संग हातेमालो गर्दै नेपालको पूँजीवजारमा संगसंगै काम गर्ने कुरालाई व्यवहारबाट नै प्रमाणीत गरेको पत्रमा  उल्लेख छ।

त्यस्तै पत्रमा  आफ्नै गतिमा शेयर बजारको हिडाईलाई चल्न दिई रहनु पर्ने अवस्थामा नियामक निकाय विषेश गरी नेपाल राष्ट्र बैंक द्वारा सार्वजनिक गरिने शेयर बजारलाई प्रत्यक्ष असर पर्ने गरि मौद्रिक निती जारी हुने अवस्थाले पूँजी बजार अप्राकृतिक रुपमा चलिरहेको उल्लेख छ । हालै जारी गरिएको मौद्रिक नितीले पहिलो पटक धितोपत्र बोर्डलाई नेपालको पूँजी बजारको सर्वोच्च निकायको रुपमा मान्यता दिएको भन्दै संघहरुले बोर्डलाई बधाई समेत दिएका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved