शेयरबजारमा गिरावट जारी, १६२ कम्पनीको शेयर मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2022 | 03:24:36 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २७.९२ अंकले घटेर २०१०.०१ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २२७ कम्पनीका ४५ लाख ५९ हजार २२ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८ सय ९७ रुपैयाँ ६ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १६ करोड ५३ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख, शिवम सिमेन्टको ८ करोड २० लाख, स्वाबलंबन लघुवित्तको ६ करोड ६१ लाख तथा नबिल बैंकको ४ करोड ४४ लाख बराबरको कारोबार भएको छ 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये उत्पादन तथा प्रशोधन समुह सर्वाधिक  ३.५८ प्रतिशतले घटेको छ भने फाइनान्स समुह २.५८ प्रतिशत, जीवन बीमा समुह २.४३ प्रतिशत तथा लगानी समुह २.७२ प्रतिशतले घटेको छ 

आज कारोबारमा आएका मध्ये अपर हेवाखोला हाइड्रोको शेयर मूल्य सर्वाधिक ८.१० प्रतिशतले बढेको छ । त्यस्तै कालिका पावरको शेयर मूल्य २.८८ प्रतिशत तथा सामलिङ पावरको शेयर मूल्य २.४४ प्रतिशतले बढेको छ । 

आज गुराँस लघुवित्तको शेयर मूल्य सर्वाधिक ७.०९ प्रतिशतले घटेको छ भने हिमालयन डिस्टिलरीको शेयर मूल्य ६.१० प्रतिशतले घटेको छ । त्यस्तै इमार्जिंग पावरको शेयर मूल्य ५.८३ प्रतिशत तथा नेपाल लाइफको शेयर मूल्य ५.७५ प्रतिशतले घटेको छ । 

आज कारोबारमा आएका मध्ये १६२ कम्पनीको शेयर मूल्य घटेको छ भने १८ कम्पनीको शेयर मूल्य बढेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved