यस्ता छन् टेलिकमको नाफा बढ्नुका कारण, ब्याजबाटै ७७ करोड आम्दानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2022 | 01:12:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा नेपाल टेलिकमको खुद नाफा १७.५४ प्रतिशतले बढेको छ  । आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासिक अवधि (२०७८ आषाढ मसान्त) सम्मको कम्पनीको खुद मुनाफा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रहेकोमा आर्थिक वर्ष ७८/७९ को अवधिसम्ममा (२०७९ आषाढ मसान्त ) मा कम्पनीको खुद नाफा १ अर्ब २५ करोड ६ लाख ४७ हजारले वृद्धि भई ८ अर्ब ३८ करोड ८८ हजार पुगेको हो ।

यस अवधिमा  कम्पनीको कुल सञ्चालन आय ५.४४ प्रतिशतले वृद्धि भई ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार पुगेको छ। त्यस्तै कम्पनीको  कुल आय ५ प्रतिशतले वृद्धि भई ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार पुगेको छ। 

कम्पनीले खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्नानुसार रहेको जनाएको छ । 

कार्य सञ्चालन आयमा वृद्धिः
• Data सेवाको प्रयोगमा वृद्धि भएका कारण GSM Data तर्फ करिब रु. ५० करोड वृद्धि भएको

• 4G सेवाको व्यापक विस्तार गरिएका कारण GSM Voice सेवाको प्रयोग वृद्धि भई करिब रु. २ अर्ब ५५ करोड वृद्धि भएको।


 कार्य सञ्चालन आयमा कमी: 
• अन्तरआबद्धता सम्बन्धी निर्देशिका अनुसार Domestic अन्तरआबद्धता शुल्क (Tariff) मा कमी आएको र OTT सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब रु. ७० करोडले कमी भएको ।

• Wireless सेवाको प्रयोगमा वृद्धि भएसँगै Wireline सेवाको प्रयोग घटेकोले राजस्वमा करिब रु. २१ करोडले कमी आएको। • CDMA सेवा GSM सेवामा प्रतिस्थापन गरिएको हुँदा करिब रु. १२ करोडले कमी आएको ।


गैर कार्य सञ्चालन आयमा भएको परिवर्तनः
• बैंक ब्याजदरमा भएको परिवर्तनका कारण ब्याज आम्दानी करिब रु. ७७ करोडले वृद्धि भएको ।

• विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब रु. ३७ करोड Foreign exchange Gain भएको।

•कम्पनीको लेखा नीति तथा IFRS/NFRS बमोजिम Impairment तथा Finance Cost मा गत आ.व.मा भन्दा कमी आएको। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved