शेयर बजारमा २४ अंकको गिरावट: रिडी पावरको कारोबार उच्च, हाइड्रोका लगानीकर्ताले सर्वाधिक गुमाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2022 | 03:21:53 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २४.८३ अंकले घटेर २०४१.०६ बिन्दुमा पुगेर रोकिएको छ 

आज कारोबारमा आएका २२१ कम्पनीका ६४ लाख ६ हजार ७ सय ३८ कित्ता शेयर खरिदबिक्रिबाट २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँ ६६ पैसाको कारोबार भएको छ । जस मध्ये रिडी हाइड्रोको सबैभन्दा धेरै ४० करोड ८२ लाखको कारोबार भएको छ । त्यस्तै शिवम सिमेन्टको ८ करोड ६८ लाख, हिमालयन डिस्टिलरीको ५ करोड ८७ लाख, महालक्ष्मी विकास बैंकको ५ करोड ८७ लाख, तथा नेपाल टेलिकमको ५ करोड ६१ लाखको कारोबार भएको छ 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये हाइड्रो समुह सबैभन्दा धेरै ३.१६ प्रतिशत घटेको छ भने विकास बैंक समुह २.६८ तथा फाइनान्स समुह २.६२ प्रतिशतले घटेको छ 

आज अपर हेवाखोलाको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्तको शेयर मूल्य ४.०२ प्रतिशतले बढेको छ । आज युनिलिभर नेपालको शेयर मूल्य सर्वाधिक ५.६२ प्रतिशत तथा दोर्दीखोला हाइड्रोको शेयर मूल्य ५.५१ प्रतिशतले घटेको छ । त्यस्तै पन्चकन्या माईको शेयर मूल्य ५.४७ प्रतिशत, जोशी हाइड्रोको शेयर मूल्य ५.४६ तथा हिमालय उर्जा विकास कम्पनीको शेयर मूल्य ५.३२ प्रतिशत घटेको छ 

आज कारोबारमा आएका मध्ये १६९ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कमपनीको शेयर मूल्य बढेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved