एक वर्षमा नेप्सेमा २३७ अर्बको धितोपत्र सुचिकृत, ३१ अर्बको धितोपत्र निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2022 | 09:27:30 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७८÷७९ मा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २३७ अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार नेप्सेमा .२३७ अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन्। 

 जस अनुसार आर्थिक वर्ष २०७८÷७९ मा रु.८९ अर्ब ५० करोड बराबरको विकास ऋणपत्र, रु.५५ अर्ब ८९ करोड बराबरको बोनस शेयर, रु.५३ अर्ब २२ करोड बराबरको डिबेन्चर, रु.२३ अर्ब २८ करोड बराबरको साधारण शेयर, रु.११ अर्ब ९७ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२३७ अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.१२ अर्ब ४८ करोड बराबरको डिबेन्चर, रु.७ अर्ब २० करोड बराबरको साधारण शेयर, रु.६ अर्ब ९० करोड बराबरको म्युचुअल फण्ड र रु.४ अर्ब ७९ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.३१ अर्ब ३७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

२०७८ असार मसान्तमा २८८३.४ रहेको नेप्से सूचकाङ्क २०७९ असार मसान्तमा २००९.५ कायम भएको छ । २०७९ असार मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.२८६९ अर्ब ३४ करोड कायम भएको छ । २०७८ असार मसान्तमा बजार पुँजीकरण रु.४०१० अर्ब ९६ करोड रहेको थियो ।

 २०७९ असारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २३४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ५१ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७८ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१९ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ११ प्रतिशत, लगानी कम्पनीको ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.३ प्रतिशत, होटेलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ असारसम्ममा सूचीकृत ६ अर्ब ७७ करोड शेयरको चुक्ता मूल्य रु. ६६७ अर्ब ७५ करोड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved