एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2022 | 08:10:42 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज भदौ १ गते अन्तिम दिन रहेको छ। बैंकले साउन १८ गतेबाट ऋणपत्र बिक्रि खुला गरेको हो 

 बैंकले  १००० अंकित दरका २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।   २० लाख कित्ता मध्ये ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि हुने छ भने बाँकि १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्रि हुने छ । सर्बसाधारणलाई बिक्रि गरिने ८ लाख कित्ता मध्ये सामुहिक लगानी कोषहरुलाई ४० हजार कित्ता छुट्याईएको छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।  ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रन्बंधक रहेको छ । 

६ वर्षे अवधिको यस ऋणपत्र बैंकले १०.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । यो ऋणपत्र २०८५ मा मेच्योर हुने छ । बोर्डले साउन २ गते ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र  बोर्डबाट अनुमति पाएको हो 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved