एनएमबिको म्युचुअल फण्ड योजनाहरुको रिपोर्ट सार्वजनिक, कुनको न्याभ कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2022 | 10:37:49 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित म्युचुअल फण्ड योजनाहरुले आर्थिक वर्ष २०७८÷७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेका छन्  । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०७८÷७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेका हुन् । 

जस अनुसार एनएमबि हाइब्रिड फण्ड एल–१ को २०७९ आषाढमा प्रतिइकाई खूद सम्पत्ति मुल्य (न्याभ) १३ रुपैयाँ १३ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मुल्य (न्याभ) १६ रुपैयाँ ८९ पैसा कायम रहेको थियो । योजनाले आ.व. ७८÷७९ को लागि २१.०५२६३% नगद लाभांश घोषणा गरि मिति २०७९ श्रावण ३१ गते बुक क्लोज गरिसकेको छ । 

एनएमबि फिफ्टीको २०७९ आषाढमा प्रतिइकाई खूद सम्पत्ति मुल्य (न्याभ) १३ रुपैयाँ २८ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मुल्य (न्याभ) १८ रुपैयाँ ९६ पैसा कायम रहेको थियो । योजनाले आ.व. ७८÷७९ को लागि २१.०५२६३% नगद लाभांश घोषणा गरि मिति २०७९ श्रावण ३१ गते बुक क्लोज गरिसकेको छ । 

एनएमबि म्युचुअल फण्ड अन्तर्गतको चौथो म्युचुअल फण्ड योजना “एनएमबि सरल बचत फण्ड–इ” रहेको छ । विगत नौ महिना देखि संचालनमा रहेको यस योजनाको २०७९ आषाढमा खूद सम्पत्ति मुल्य (न्याभ) ९ रुपैयाँ ११ पैसा कायम रहेको छ ।

साथैे एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना “एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२” २०७९ श्रावण २६ गते देखि निष्काशन भईरहेको छ । सो योजनाको म्युचुअल फण्ड इकाईमा आवेदन दिने म्याद थप गरिएको छ । योजनामा भाद्र ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved