बुधबार ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट, रिडीको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2022 | 03:33:30 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार शेयर बजार परिसूचक नेप्से स्थिर रहेको छ । आज नेप्से सूचक ०.३६ अंकले घटेर २०४०.७० को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२० कम्पनीका ३४ लाख ९७ हजार ८ सय ८१ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २ सय ५६ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ । जस मध्ये रिडी हाइड्रोको सबैभन्दा धेरै १८ करोड ४३ लाखको कारोबार भएको छ । त्यस्तै शिवम सिमेन्टको ६ करोड ९० लाख, नबिल बैंकको ४ करोड २६ लाख, आईसीएफसी फाइनान्सको ३ करोड ६५ लाख तथा ३ करोड ३३ लाखको कारोबार भएको छ ।

आज स्वेतगंगा हाइड्रो, मन्दाकिनी हाइड्रो, अपर हेवाखोला हाइड्रो, अपर सोलु हाइड्रो, र सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सामलिङ पावरको शेयर मूल्य सर्वाधिक ५.१४ प्रतिशतले घटेको छ भने मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य ५.०५ प्रतिशत घटेको छ । त्यस्तै सिंगटी हाइड्रोको शेयर मूल्य ३.६४ प्रतिशत, सबैको लघुवित्तको शेयर मूल्य ३.२५ प्रतिशत तथा तारागाउँ रिजेन्सी होटेलको शेयर मूल्य २.२३ प्रतिशत घटेको छ । 

आज कारोबारमा आएका मध्ये बैंकिंग, ट्रेडिङ, होटेल तथा टुरिजम, अन्य , लाइफ इन्स्योरेन्स, र इन्भेष्टमेन्ट समुहका परिसूचक घटेका छन् । आज हाइड्रो समुह सर्वाधिक ०.६८ प्रतिशत बढेको छ भने विकास बैंक समुह ०.६१ प्रतिशत बढेको छ । त्यस्तै फाइनान्स समुह ०.४४ प्रतिशत बढेको छ ।

आज कारोबारमा आएका मध्ये १०२ कम्पनीको मूल्य बढेको छ भने ६९ कम्पनीको मूल्य घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved