आईपिओ निष्काशनको लागि हिम पर्वत हाइड्रोले चयन गर्यो बिक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2022 | 04:22:35 PM मा प्रकाशित

laxmi  sunrise bank

हिम पर्वत हाईड्रोपावर लिमिटेडले आईपिओ निष्काशनको लागि सि.बि.आई.एल क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।  सम्झौतामा हिम पर्वत हाईड्रोपावरका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सि.बि.आई.एल क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार सि.बि.आई.एल क्यापिटल लिमिटेडले हिम पर्वत हाईड्रोपावर लिमिटेडको १४ लाख कित्ता  शेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता शेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।

हिम पर्वत हाईड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २०.०० मे.वा.को सागँु खोला जलविद्युत आयोजना र ५.५० मे.वा.को सागँु खोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मे.वा.को जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved