
बैंक अफ काठमाण्डू (बिओके)ले आज भदौ २ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ। बैंकले अंकित मूल्य १००० दरको १ अर्ब १० करोडले हुन आउने ११ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।
११ लाख कित्ता मध्ये ४ लाख ४० हजार कित्ता सर्बसाधारणलाई र ६ लाख ६० हजार कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । सर्बसाधारणलाई बिक्रि हुने ४ लाख ४० हजार कित्ताबाट २२ हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषलाई छुट्याईएको छ ।
यस ऋणपत्रमा छिटोमा भदौ ७ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ १६ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।
७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।