मुक्तिनाथ क्यापिटलको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2022 | 08:38:53 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ क्यापिटलले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले भदौ २३ गते बिहिबार सभा आह्वान गर्ने निर्णय गरेको हो ।

सभामा ३ वटा सामान्य र १ विशेष प्रस्ताव पेश हुने छ । सामान्य प्रस्ताव अन्तर्गत १३औं बार्षिक साधारण सभाका लागि सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरिक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात र सोहि मितिमा समाप्त आ.व.२०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने र आ.व.२०७९/०८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।

विशेष प्रस्ताव अन्तर्गत कम्पनीको नियमावलीको नियम २७ (२) संशोधन गर्ने प्रस्ताव पेश हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved