मेरोशेयरसहित सिडीएसको सम्पूर्ण सेवा अवरुद्द हुँदै, के के गर्न मिल्दैन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2022 | 11:25:42 AM मा प्रकाशित

laxmi bank sanima

आज साँझबाट सिडीएस एण्ड क्लियारिङ (सिडीएससी) को सम्पूर्ण सेवाहरु अवरुद्द हुने भएको छ । सिडीएससीले सिंहदरवार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याकमा स्थानान्तरण (Rack Migration) गर्नु पर्ने भएकोले सेवाहरु अवरुद्द हुने जनाएको हो ।

सिडीएससीका अनुसार आज भदौ २ साँझ ५.३० देखि अधिकतम एक दिन सम्म सिडीएससीले सञ्चालन गरेका मेरोशेयर, सीआश्वा, Web CDAS, CNS लगायतका सम्पूर्ण सेवा हरू अवरुद्ध हुने छ। 

उक्त समयमा लगानीकर्ताले आईपिओ तथा हकप्रदमा आवेदन दिन, शेयर ट्रान्सफर गर्न , पोर्टफोलियो हेर्न तथा सिडीएससीले सञ्चालन गरेका मेरोशेयर, सीआश्वा, Web CDAS, CNS लगायतका सेवा प्रयोग गर्न पाउने छैनन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved