९ ब्रोकर कम्पनीले ११ स्थानमा शाखा खोल्न पाए स्वीकृति, थप ५ स्थानमा पूर्वाधार तयार हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2022 | 12:37:34 PM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

नेपाल धितोपत्र बोर्डले ९ वटा ब्रोकर कम्पनीलाई ११ स्थानमा शाखा खोल्नको लागि स्वीकृति प्रदान गरेको छ । बोर्डले १ ब्रोकर कम्पनीलाई गत असार मै अन्यलाई हालै शाखा खोल्नको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो

बोर्डले ब्रोकर नम्बर ३८ दीपशिखा धितोपत्र कारोबार कम्पनीलाई कैलालीको लम्कीमा असार मै शाखा खोल्नको लागि स्वीकृति पाएको हो । बोर्डले हाल ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजलाई पाल्पाको तानसेनमा र रुपन्देही र भैरहवामा शाखा खोल्न स्वीकृति दिएको छ । त्यस्तै ब्रोकर नम्बर ११ मल्ल एण्ड मल्ल स्टक ब्रोकिंग कम्पनीलाई पाँचथरको फिदिममा र इलाममा शाखा खोल्न स्वीकृति पाएको हो 

त्यस्तै ब्रोकर नम्बर ३६ सेक्युर्ड सेक्युरिटिजले झापाको दमक र ब्रोकर नम्बर २९ त्रिशुल सेक्युरिटिजले नवलपुरको कावासोतीमा शाखा खोल्न स्वीकृति पाएको छ । ब्रोकर नम्बर ५१ अकसफोर्ड सेक्युरिटिजले नवलपरासीमा शाखा खोल्न स्वीकृति पाएको छ 

त्यस्तै ब्रोकर नम्बर ४४ डाइनामिक मनि म्यानेजर्स सेक्युरिटिजले चितवनको भरतपुरमा शाखा खोल्न स्वीकृति पाएको छ । ब्रोकर नम्बर ७ जे एफ सेक्युरिटिजले पर्वतको कुश्मा र दाङको तुलसीपुरमा शाखा खोल्न स्वीकृति पाएको छ 

यी बाहेक  ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटिजले  रामेछापको मन्थली, महोत्तरीको बर्दिबास र मोरङको उर्लाबारीमा शाखा सञ्चालनको लागि पूर्वाधार तयार पार्नको लागि बोर्डबाट अनुमति पाएको छ । त्यस्तै ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबार कम्पनीले सिरहाको लहान र दोलखाको चरीकोटमा शाखा सञ्चालनको लागि पूर्वाधार तयार पार्नको लागि बोर्डबाट अनुमति पाएको छ । कम्पनीले तयार पारेको पूर्वाधारको धितोपत्र बोर्डले  निरीक्षण गरेपछि बोर्डले यी स्थानमा पनि सम्बन्धित ब्रोकर कम्पनीलाई शाखा संचालनको अनुमति दिने जनाएको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved