कहिलेसम्म कायम शेयरधनीले पाउँछन् राधी विद्युतको १४७ प्रतिशत हकप्रद ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2022 | 08:41:48 AM मा प्रकाशित

laxmi  sunrise bank

राधी विद्युत कम्पनीले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। 

भदौ १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।  नेपाल धितोपत्र बोर्डले   साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो 

कम्पनीले हाल कायम चुक्ता पुँजीको  १:१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।   कम्पनीले हकप्रद निष्काशन गर्ने मिति भने तय गर्न बाँकि छ 

कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासन अनुमति माग गर्दै बैशाख २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।  कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved