भदौ १ गते बिक्रि गरेको शेयर ट्रान्सफर गर्ने समय थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2022 | 09:33:11 AM मा प्रकाशित

laxmi  sunrise bank

भदौ १ गते बिक्रि गरेको शेयर ट्रान्सफर गर्ने समय थपिएको छ ।  भदौ २ साँझ ५.३० देखि मेरोशेयर सेवा अवरुद्द रहंदा लगानीकर्ताले शेयर ट्रान्सफर गर्न नपाएपछि  शेयर ट्रान्सफर गर्ने समय थपिएको हो। 

 सिडीएस एण्ड क्लियारिङ (सिडीएससी) का अनुसार मेरो शेयरको सेवा अवरुद्ध हुँदा २०७९।०५।०१ गते कारोवार भई २०७९।०५।०५ गते राफसाफ तथा फछ्यौट हुनुपर्ने कारोबारको E-DIS प्रविष्टि गर्ने समय २०७९।०५।०४ गते राती १२ बजे सम्म कायम गरिएको छ। अर्थात् लगानीकर्ताले आज शनिवार राती १२ बजेसम्ममा शेयर ट्रान्सफर गर्न सक्ने छन् ।

भदौ २ गते साँझबाट सिडीएससीको सम्पूर्ण सेवाहरु अवरुद्द भएको थियो । सिडीएससीले सिंहदरवार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याकमा स्थानान्तरण (Rack Migration) गर्नु पर्ने भएकोले सेवाहरु अवरुद्द भएको जनाएको थियो ।

 भदौ २ साँझ ५.३० देखि  सिडीएससीले सञ्चालन गरेका मेरोशेयर, सीआश्वा, Web CDAS, CNS लगायतका सम्पूर्ण सेवा हरू अवरुद्ध भएका थिए ।  उक्त समयमा लगानीकर्ताले आईपिओ तथा हकप्रदमा आवेदन दिन, शेयर ट्रान्सफर गर्न , पोर्टफोलियो हेर्न तथा सिडीएससीले सञ्चालन गरेका मेरोशेयर, सीआश्वा, Web CDAS, CNS लगायतका सेवा प्रयोग गर्न पाएका थिएनन् । 

भदौ ३ गते शुक्रबार साँझबाट नै सम्पूर्ण सेवाहरु सुचारु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved