कुमारी बैंकले पायो ऋणपत्र निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2022 | 05:19:59 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले भदौ १ गते बैंकलाई ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो । 

कुमारी बैंकले अंकित मूल्य १००० दरको ३ अर्बले हुन आउने ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । ३० लाख कित्ता मध्ये १२ लाख कित्ता सर्बसाधारणलाई र १८ लाख कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ११ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै  असार ३१ मा बोर्डमा आवेदन दिएको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved