सिडीएसले एप स्टोरमा अपलोड गर्यो आईफोनको लागि मेरोशेयर एप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2022 | 09:56:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आईओएस प्रयोगकर्ताको लागि मेरोशेयरको एप आज सार्वजनिक हुने भएको छ । सिडीएस एण्ड क्लियारिङ लिमिटेडले अन्य केहि प्राविधिक समस्या नआए आज साँझसम्ममा एप सार्वजनिक गर्ने तयारी गरेको हो ।

सिडीएस एण्ड क्लियारिङ लिमिटेडले आइतबार नै एप्पलको एप स्टोरमा मेरोशेयर एप अपलोड गरिसकेको छ । सिडीएसका अनुसार एप अपलोड भएपछि अहिले त्यसमा देखिने 'बग' हरुको समाधानको कार्य भईरहेको छ । सिडीएसले सुरुमा 1.0.2 भर्जन एप अपलोड गरेकोमा त्यसमा देखिएको बगको समस्या समाधान गरेर अर्को भर्जन 1.0.3 अपलोड गरेको छ । हाल देखिएका समस्या समाधान गरेर एप सार्वजनिक गरिएको औपचारिक घोषणा गरिने सिडीएसले जनाएको छ।

हाल एप स्टोरमा राखिएको एप केहि प्रयोगकर्ताले डाउनलोड गरिसकेको भएपनि त्यो पूर्ण रुपमा तयार नभईसकेको र टेस्ट गर्नको लागि अपलोड गरिएकोले एप नचल्न सक्ने वा त्यसलाई पुन: अपडेट गर्नु पर्ने अवस्था आउँन सक्ने सिडीएसले जनाएको छ । सिडीएसले आईफोन, आईपोड र म्याकको लागि हुने एप तयार पारेको हो ।

यहाँ क्लिक गरेर सिडीएसले एप स्टोरमा अपलोड गरेको एप हेर्न सकिन्छ । 

सिडीएससीले पहिलो चरणमा एनरोईड मोबाइलमा बेटा भर्जनमा २०७७ भदौ ३१ गतेदेखि परीक्षण गरी मेरो सहेयर एप संचालनमा ल्याएको थियो । सिडीएससीले त्यसलाई पटक पटक अपडेट गरि परिमार्जन गरेको छ । पछिल्लो पटक गरिएको भर्जनमा  एपमा फिंगरप्रिन्ट लगईनको सुविधा थप गरिएको थियो ।  

सिडीएसका अनुसार एनरोईडको एप हालसम्म १५ लाख भन्दा धेरै लगानीकर्ताले डाउनलोड गरिसकेका छन्। एनरोईडको एप आएको २ वर्ष पुग्न लाग्दा समेत आईफोन प्रयोगकर्ताले भने एप प्रयोग गर्न पाएका छैनन् । अब भने छिट्टै नै आईफोन प्रयोगकर्ताको लागि पनि आईओएस भर्जनको एप पाउने भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved