सोमबार २ हाइड्रोको शेयर मूल्यमा पोजेटिभ सर्किट, लकइन खुलेको हिमाल दोलखाको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2022 | 03:46:28 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । आज सूचक ७.४१ अंकले घटेर २०५३.१३ को बिन्दुम पुगेर रोकिएको छ । आज कारोबारमा आएका २ सय २२ कम्पनीका ५२ लाख ३० हजार ७ सय ६३ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४ सय २९ रुपैयाँ ५९ पैसाको कारोबार भएको छ 

जस मध्ये हिमाल दोलखा हाइड्रोको सबैभन्दा धेरै २८ करोड १८ लाखको कारोबार भएको छ । संस्थापक शेयरको लकइन पिरियड आज खुलेपछि कम्पनीको कारोबार उच्च भएको हो । त्यस्तै रिडी हाइड्रोको ८ करोड ५० लाख, प्राइम कमर्शियल बैंकको ८ करोड ४० लाख, शिवम सिमेन्टको ५ करोड ५३ लाख, र अपि पावरको ५ करोड ५२ लाख बराबरको भएको छ 

आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक घटेका छन् । म्युचुअल फण्ड समुह भने ०.२ प्रतिशतले बढेको छ । आज होटेल एण्ड टुरिजम समुह सर्वाधिक १.०५ प्रतिशतले घटेको छ भने हाइड्रो समुह ०.६८ प्रतिशतले घटेको छ । 

आज कारोबारमा आएका मध्ये अपर हेवाखोला हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने मन्दाकिनी हाइड्रोको शेयर मूल्य ९.९७ प्रतिशत बढेको छ । आज एनआईबिएल समृद्धि फण्ड २ को इकैई मूल्य सर्वाधिक ६.७५ प्रतिसतले घटेको छ भने दोर्दी खोला हाइड्रोको शेयर मूल्य ५.२४ तथा श्वेतगंगा हाइड्रोको शेयर मूल्य ४.१५ प्रतिशतले घटेको छ । 

आज कारोबारमा आएका मध्ये १२४ कम्पनीको शेयर मूल्य घटेको छ भने ४७ कम्पनीको शेयर मूल्य बढेको छ ।१६ कम्पनीको शेयर मूल्य भने स्थिर छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved