मेरोशेयर एप आईओएस भर्जनमा सञ्चालनमा, यसरी गर्नुस् डाउनलोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2022 | 06:25:05 PM मा प्रकाशित

laxmi  sunrise bank

मेरोशेयर एप आईओएस भर्जनमा सञ्चालनमा आएको छ । सिडीएस एण्ड क्लियरिङ लिमिटेडले मेरोशेयर सफ्टवेयरको मोवाईल एप एन्ड्रोईड अपरेटिङ्ग सिस्टमका लागि तयार गरि सञ्चालन गरिरहेकोमा उक्त एप लाई आईओएस आपरेटिङ्ग सिस्टमका लागि समेत तयार गरि एप्पल एप स्टोरमा उपलब्ध गराइएको जनाएको हो ।

आईओएसका प्रयोगकर्ताले आफ्नो मोवाईलको App Store मा गई MeroShare सर्च गरि सिडिएससिको लोगो अंकित आईकन भएको तथा Seller Information मा C.D.S and Clearing लेखिएको एप डाउनलोड गरि प्रयोग गर्न सिडीएसले आग्रह गरेको छ।

यहाँ क्लिक गरेर एप डाउनलोड सकिन्छ । 

सिडीएससीले पहिलो चरणमा एनरोईड मोबाइलमा बेटा भर्जनमा २०७७ भदौ ३१ गतेदेखि परीक्षण गरी मेरो सहेयर एप संचालनमा ल्याएको थियो । सिडीएससीले त्यसलाई पटक पटक अपडेट गरि परिमार्जन गरेको छ । पछिल्लो पटक गरिएको भर्जनमा  एपमा फिंगरप्रिन्ट लगईनको सुविधा थप गरिएको थियो ।  

सिडीएसका अनुसार एनरोईडको एप हालसम्म १५ लाख भन्दा धेरै लगानीकर्ताले डाउनलोड गरिसकेका छन्। एनरोईडको एप आएको २ वर्ष पुग्न लाग्दा समेत आईफोन प्रयोगकर्ताले भने एप प्रयोग गर्न पाएका थिएनन्। अब भने आईफोन प्रयोगकर्ताको लागि पनि आईओएस भर्जनको एप पाएका हुन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved