बरुण हाइड्रोको हकप्रद स्थगन, आवेदन दिने प्रक्रिया रोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2022 | 07:45:57 PM मा प्रकाशित

laxmi  sunrise bank

बरुण हाइड्रोको हकप्रदमा आवेदन दिने प्रक्रिया रोकिएको छ । सिडीएस एण्ड क्लियरिङ लिमिटेडले अर्को सूचना प्रकाशन नभएसम्मको लागि बरुण हाइड्रोको हकप्रद स्थगन गरिएको जनाएको हो ।

सिडीएसका अनुसार  हकप्रदको लागि बिक्रि प्रबन्धक रहेको आरबिबि मर्चेन्ट बैंकले गलत डाटा अपलोड गरेका हकप्रदमा आवेदन दिने प्रक्रिया रोकिएको हो। आरबिबि मर्चेन्टले सहि डाटा अपलोड गरेपछि आवेदन दिने प्रक्रिया पुन: सुरु हुने सिडीएसले जनाएको छ । हाल मेरोशेयरमा रहेको शेयर निष्काशन भईरहेको कम्पनीको सूचीबाट पनि बरुण हाइड्रोको हकप्रद हटाईएको छ ।

सिडीएसको तथ्यांक अनुसार हकप्रदमा आवेदन दिने प्रक्रिया रोकिनु अगाडीसम्म हकप्रदमा १३ सय ५ जनाले आवेदन दिएका छन् । तर बिक्रि प्रबन्धकले गलत डाटा अपलोड गरेको खुलेसँगै आवेदन दिने प्रक्रिया रोकिएकोले यी १३०५ जनाको आवेदन के हुने भन्ने बारे सिडीएसले केहि पनि खुलाएको छैन ।

बरुण हाइड्रोले आज भदौ ६ गतेदेखि हकप्रद बिक्रि खुला गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। 

कम्पनीले हकप्रद निष्काशनको लागि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।  

नेपाल धितोपत्र बोर्डले असार १५ गते बुधबार कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले जेठ ११ मा हकप्रद निष्काशनको अनुमति माग गर्दै  बोर्डमा आवेदन दिएको थियो । 

कम्पनीको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।  कम्पनीले यस अघि पनि हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डले ६ महिनासम्म पनि माग गरेको कागजात नबुझाएको भन्दै हकप्रद आवेदन नै खारेज गरिदिएको थियो । कम्पनीले फेरी हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाएर बोर्डबाट निष्काशन अनुमति पाई हकप्रद बिक्रि गर्न लागेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved