बैंक अफ काठमाण्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, १०.५ प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2022 | 08:41:54 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू (बिओके)ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज भदौ ७ गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो।

बैंकले अंकित मूल्य १००० दरको १ अर्ब १० करोडले हुन आउने ११ लाख कित्ता ऋणपत्र निष्काशन  गरेको हो । ११ लाख कित्ता मध्ये ४ लाख ४० हजार कित्ता सर्बसाधारणलाई र ६ लाख ६० हजार कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । सर्बसाधारणलाई बिक्रि हुने ४ लाख ४० हजार कित्ताबाट २२ हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषलाई छुट्याईएको छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । 

७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved