ङादी ग्रुप पावरको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2022 | 08:55:46 AM मा प्रकाशित

laxmi  sunrise bank

ङादी ग्रुप पावर लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने आज भदौ ७ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन १८ गतेदेखि हकप्रद  बिक्रि खुला गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १:१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । यस निष्काशनमा लगानीकर्ताले आज भदौ ७ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले हकप्रद निष्काशनको लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार १९ गतेसम्म  कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । 

नेपाल धितोपत्र  बोर्डले असार ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीले जेठ ९ मा बोर्डमा हकप्रद स्वीकृतिको लागि आवेदन दिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved