नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, संचालकमा बुढाथोकी निर्विरोध निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2022 | 01:07:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सोमबार नयाँ बानेश्वर स्थित आफ्नै केन्द्रिय कार्यालयमा आर्थिक बर्ष २०७७-०७८ साधारणसभा गरेको हो ।

सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ ।  साधारणसभाले आर्थिक बर्ष २०७७-०७८ मा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।    लाभांश वितरण पश्चात कोषको चुक्तापूंजी ४ अर्ब २५ करोड पुग्नेछ।   हाल कोषको चुक्तापूंजी ३ अर्ब २७ करोड रहेको छ।   

त्यस्तै सभाले  संचालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको कोषको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ साल असार मसान्तको वासलात, नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ। 

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट अशोक बुढाथोकीलाई निर्विरोध संचालक पदमा निर्वाचित गरेको छ।

यो पनि : यस्ता छन् नागरिक लगानी कोषका ७ बुँदे भावी योजना तथा कार्यक्रम


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved