सनराइज बैंकले माग्यो ऋणपत्र निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2022 | 02:08:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले भदौ २ गते बोर्डमा आवेदन दिएको हो ।

बैंकले प्रति ऋणपत्र १ हजार अंकित मूल्यका २ अर्बले हुन् आउने २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।  उक्त ऋणपत्र मध्ये १२ लाख अर्थात् १ अर्व २० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ८ लाख अर्थात् ८० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री हुने छ।

१० वर्षे अवधिकोको यस ऋणपत्रमा बैंकले १०.५ प्रतिशत ब्याज प्रदान गर्ने छ  । ऋणपत्र निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved