एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 08:17:52 AM मा प्रकाशित

laxmi  sunrise bank

 एनएमबि क्यापिटलले निष्काशन गरेको  सामुहिक लगानी कोष योजनाको ईकाईमा आवेदन दिने आज भदौ ९ गते अन्तिम दिन रहेको छ । क्यापिटलले साउन २६ गतेदेखि एमएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने  एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई निष्काशन गरेको हो। 


यो योजनाको आकार १ अर्ब २० करोड अर्थात् १२ करोड इकाई बराबरको रहेको छ ।  प्रति इकाई मूल्य रु.१० दरको १२ करोड इकाई मध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ६८ लाख इकाई  कोष प्रवर्द्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख इकाई योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडले लगानी गर्ने छ ।  एक करोड ८० लाख इकाई बराबर बीज पूँजी बाहेक बाँकी रहेको १० करोड २० लाख इकाईको लागि  सर्वसाधारणले आवेदन दिन सक्ने छन्। आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाईको आवेदन  दिन सकिने छ।

क्यापिटले योजनाको इकाई निष्काशन गर्नको लागि साउन ५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।  यो बन्दमुखी म्युचुअल फण्ड योजना हो ।

हाल क्यापिटलले ३ वटा म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ। क्यापिटलले बन्दमुखी तर्फ एनएमबि हाइब्रिड फण्ड एल १ , र एनएमबि ५० योजना संचालन गरिरहेको छ भने खुलामुखी तर्फ एनएमबी सरल बचत फण्ड ई संचालन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved