एनएमबिका २ म्युचुअल फण्डले आजबाट इकाईधनीको बैंक खातामा लाभांश पठाउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 08:45:25 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित २ सामुहिक लगानी कोष योजनाले आज भदौ ९ गतेदेखि इकाईधनीले लाभांश पठाउने भएको छ । क्यापिटलले आईपीएसको माध्यमबाट आज देखि सम्बन्धित इकाईधनीको खातामा लाभांश पठाउने जनाएको हो 

क्यापिटलले एनएमबि फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल १ को लाभांश पठाउन लागेको हो। दुवै योजनाले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेका थिए ।

 हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाई जम्मा भई नसकेका इकाईधनीहरूले एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गरी आफ्नो हितग्राही खाता नम्बर अद्यावधिक गराउन क्यापिटलले आग्रह गरेको छ  साथै, आफ्नो हितग्राही खातामा बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराए पश्चात मात्र क्रमैसंग लाभांश जम्मा गर्ने व्यवस्था मिलाइने क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार बैंक खातामा प्रतिफल (नगद लाभांश) जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसारको कुनै शुल्क लाग्ने भएमा सो शुल्क इकाईधनीले नै व्यहोर्नु पर्नेछ । आफ्नो इकाई धितो राखेका इकाईधनीहरूको हकमा प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट No Objection Letter वा फुकुवा-पत्र (Release Letter) अनिवार्य पेश गरे पश्चात् मात्र बैंक खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ ।

 क्यापिटलले दुवै योजनाको लाभांश वितरणको लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। साउन ३० गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved