यस्ता छन् नेपाल पुनर्बीमा कम्पनीको साधारणसभामा पेश हुने ८ प्रस्ताव, लाभांशपछि १२ अर्ब पुँजी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 12:02:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीले भदौ ३० गते बिहिबार साधारणसभा गर्ने भएको छ । कम्पनीले भदौ ३० गते बिहिबार काठमाडौँको कार्की ब्याक्वेटमा सभा गर्न लागेको हो । यो आर्थिक वर्ष ७७/७८ को सभा हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३२  प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ। 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

 सामान्य प्रस्तावहरूः
१. आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आ.व.२०७७/७८ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

३. कम्पनीको चुक्ता पूँजी रु. ११,६५,००,००,०००/- (एघार अर्व पैंसठ्ठी करोड) को ०.२६३२ (शुन्य दशमलव दुईछ तीन दुई) प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखापरीक्षकमा टि.आर.उपाध्या एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स, बानेश्वर, काठमाण्डौलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने।

५. सञ्चालक समितिबाट भएको स्वतन्त्र विज्ञ संचालकको नियुक्ति अनुमोदन गर्ने ।

विशेष प्रस्तावहरू:

१. कम्पनीको चुक्ता पूँजी रु. ११,६५,००,००,०००/- (एघार अर्व पैंसठ्ठी करोड) को ५ (पाँच) प्रतिशतका दरले हुन आउने रु. ५८,२५,००,०००/- (अन्ठाउन्न करोड पच्चिस लाख) बोनश शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने । बोनश शेयर वितरण पश्चात कम्पनीको साविक जारी तथा चुक्ता पूँजीमा बृद्धि भई रु.१२,२३,२५,००,०००/- (बाह्र अर्ब तेइस करोड पच्चिस लाख) कायम हुने हुँदा सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफा संशोधन गर्ने ।

२. कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा (१)(ग) अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने।

३. कम्पनीको प्रबन्धपत्र/नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो वमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved