नेप्सेमा एचआईडिसीएलको ९७ लाख कित्ता संस्थापक शेयर सुचिकृत, कतिमा हुन्छ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 05:52:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को ९७ लाख कित्ता बढी संस्थापक शेयर सुचिकृत भएको छ । कम्पनीले लिलाममा ल्याएको ९७ लाख ९५ हजार ५ सय ५ कित्ता संस्थापक शेयर सुचिकृत भएको हो ।

नेप्सेले यी संस्थापक शेयरको पहिलो कारोबारको लागि ११३ रुपैयाँको सुरुवाती मूल्य तोकेको छ । अबदेखि कम्पनीको साधारण शेयर HIDCL र संस्थापक शेयर HIDCLP सिम्बल बाट कारोबार हुने छ । 

 कम्पनीको २ करोड ३२ लाख ४ हजार ४ सय ९५ कित्ता संस्थापक शेयरअझै बिक्रि भएको छैन । कम्पनीका अनुसार बोलकबोल प्रकृयाद्वारा बिक्री गरिएको शेयर खरिद गर्ने शेयरधनीहरु समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा रहनेछन्। उक्त शेयर बाँडफाँट भई नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएपश्चात् “HIDCLP" सङ्केतमा कारोबार गर्न योग्य हुने छ र प्रबन्धपत्रको दफा ६ को खण्ड (छ) मा भएको व्यवस्था अनुसार नेपाल स्टक एक्सचेञ्ज मार्फत सो शेयर खरिद गर्ने शेयरधनीहरु समेत समूह “क” को उप-समूह “क-२” अन्तर्गतको “अन्य संस्थापक” उप-समूहमा नै रहनेछन्।

कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो। कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved