प्रभु क्यापिटलको साधारणसभा आह्वान, ९ प्रतिशत लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2022 | 08:43:41 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटलले साधारणसभा आह्वान गरेको छ। कम्पनीले भदौ ३१ गते होटेल अलफ्टमा सभा आह्वान गरेको हो।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । क्यापिटलले आर्थिक वर्ष २०७७/७८ मा प्राप्त मुनाफाबाट कर सहित नगद लाभांशको रुपमा ९.०० प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ। 

यस्ता छन् क्यापिटलको सभामा पेश हुने प्रस्ताव : 

सामान्य प्रस्तावहरु :

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०७८/७९ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको प्रभु क्यापिटल लिमिटेडको आ.व. २०७८/७९ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुची उपर छलफल गरी पारीत गर्ने सम्बन्धमा।

३. कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७९ ८० को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा (कम्पनी ऐन २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरिक्षक श्री आर्चाय समन एसोसियटस पुनः नियुक्ति हुन योग्य हुनुहुन्छ) ।

४. आर्थिक वर्ष २०७७/७८ मा प्राप्त मुनाफाबाट कर सहित नगद लाभांशको रुपमा ९.०० प्रतिशत नगद लाभांस पारित गर्ने ।

५. संचालको नियुक्तिको अनुमोदन गर्ने सम्बन्धमा ।

बिशेष प्रस्तावहरु :
१. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारीत गर्ने ।

२. प्रबन्धपत्र र नियमावलीमा गरिने संसोधन/थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संसोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

३. विविध। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved