राधी विद्युत कम्पनीको १४७ प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2022 | 09:20:52 AM मा प्रकाशित

laxmi  sunrise bank

राधी विद्युत कम्पनीले निष्काशन गर्ने हकप्रद सुरक्षित गर्ने आज भदौ १० गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले  आज भदौ १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको  १:१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।   कम्पनीले हकप्रद निष्काशन गर्ने मिति भने तय गर्न बाँकि छ । नेपाल धितोपत्र बोर्डले  साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो 

कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासन अनुमति माग गर्दै बैशाख २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो 
  कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved