४५ अंकले घट्यो नेप्से सूचक , ९ अर्ब ६४ करोडको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2022 | 01:43:38 PM मा प्रकाशित

laxmi  sunrise bank

यस साता शेयर बजार परिसूचक नेप्से ४५.६४ अंकले घटेको छ । भदौ ५ गते आइतबारदेखि भदौ १० शुक्रबारसम्मको ६ दिनको अवधिमा नेप्से ४५.६४ अंकले घटेको हो ।

साता साताको अन्त्यमा २०६८.२६ को बिन्दुमा रहेको नेप्से सूचक यस साताको अन्त्यसम्म आईपुग्दा ४५.६४ अंकले घटेर २०२२.६२ को बिन्दुमा पुगेर रोकिएको छ । यस साता कुल ६ दिन शेयर कारोबार भएकोमा २ दिन बजार हरियो रहेर बन्द भयो भने बाँकि दिन बजार रातो भएर बन्द भयो ।

आइतबार नेप्से सूचक ७.७२ अंकले घटेको थियो भने सोमबार सूचक ७.४१ अंकले घट्यो । मंगलबार सूचक १.८५ अंकले बढ्यो भने बुधबार २.८६ अंकले बढ्यो । त्यस्तै बिहिबार सूचक १८.३० अंकले घट्यो भने आज शुक्रबार सूचक १६.९३ अंकले घट्यो । 

यस साता भर कुल ९ अर्ब ६४ करोड ५४ लाख ३० हजारको कारोबार भएको छ  । आइतबार २ अर्ब ४ करोड, सोमबार १ अर्ब ७२ करोड, मंगलबार १ अर्ब ३३ करोड, बुधबार १ अर्ब ५२ करोड, बिहिबार १ अर्ब ७२ करोड र शुक्रबार १ अर्ब २९ करोडको कारोबार भएको छ  ।

यस साता नेप्सेमा हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को ९७ लाख कित्ता बढी संस्थापक शेयर सुचिकृत भएको छ । कम्पनीले लिलाममा ल्याएको ९७ लाख ९५ हजार ५ सय ५ कित्ता संस्थापक शेयर सुचिकृत भएको हो । 

यस साता एनआईबिएल सहभागिता फण्ड  र एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेका छन् । एनआईबिएल सहभागिता फण्डले कर सहित ७.२०% र एनआईबिआले प्रगति फण्डले कर सहित ४.२० % प्रतिशत लाभांश घोषणा गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved