नारायणी डेभलपमेन्ट बैंकले माग्यो हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2022 | 09:15:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले भदौ ९ गते बोर्डमा आवेदन दिएको हो ।

नारायणी डेभलपमेन्ट बैंकले १ः १ को अनुपातमा आफ्ना शेयरधनीहरुलाई प्रति कित्ता अंकित मुल्य रु. १००।– दरको २६,२४,६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति माग गरेको हो ।  कम्पनीले हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ  ।  बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।  

 डेभलपमेन्ट बैंकको अधिकृत पुँजी रु. ५३ करोड र जारी पुँजी रु. २६ करोड २४ लाख ६७ हजार ६ सय रहेको छ भने हाल यस डेभलपमेन्ट बैंकका ५ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।  चितवन जिल्लाको रत्ननगर न.पा., टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेकोे नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “ख” वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved