यस्तो छ एनआईबिएल सहभागिता फण्डको लाभांश पुनः लगानी योजनामा सहभागी हुने तरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2022 | 11:05:03 AM मा प्रकाशित

laxmi  sunrise bank

 एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” ले लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मा सहभागी हुन् चाहने लगानीकर्तालाई नाम दर्ता गर्न आग्रह गरेको छ । यस अघि नाम दर्ता नगरेका र लाभांश पुनः लगानी योजनामा सहभागी हुन् इच्छुक रहेका योग्य लगानीकर्तालाई फण्डले नाम दर्ता गर्न आग्रह गरेको हो । 

नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबर्द्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यस योजनाले  २०७८/०७९ का लागि   इकाईधनीहरुलाई कर सहित ७.२०% (सात दशमलव दुई सुन्य प्रतिशत) प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको छ। क्यापिटलले लाभांश वितरणको लागि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।   सो मिति सम्म कायम रहेका इकाईधनीहरु मात्र माथि उल्लेखित लाभांश र लाभांश पुनः लगानी योजनाका लागि योग्य मानिने छन् ।

“एनआईबिएल सहभागिता फण्ड” एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने (कर तथा निर्धारित DP शुल्क कट्टी पछिको लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको क्यापिटलले जनाएको छ । यस अघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सकेका योग्य इकाईधनीहरुको हितग्राही खाता (DEMAT Account) मा यथासिघ्र इकाईहरु पठाईने क्यापिटलले जनाएको छ। 

क्यापिटलले निम्न ३ तरिकाबाट लाभांश पुनः लगानी योजनामा सहभागी हुन सक्ने जनाएको छ । 

१) एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत तोकिए बमोजिमको फारम भरी योग्य इकाईधनीहरुले आफ्नो नाम दर्ता गराउन सक्ने छन्।

 २) योग्य इकाईधनीहरुले निम्म बमोजिमको प्रकृया मार्फत अनलाईन नाम दर्ता गराउन सक्ने छन्।
अनलाईन नाम दर्ता गर्ने प्रकृया: सर्वप्रथम आफ्नो बेव ब्राउजर (Web Browser) मा गई https://mutualfund.niblcapital.com/ लिंक खोल्नुहोस् । त्यहा उपलब्ध Dividend Re-Investment बटनमा क्लिक (Click) गर्नुहोस् र अनलाईन लाभांश पुनः लगानी योजना दर्ता फारम मार्फत आफ्नो सम्पूर्ण विवरण भरी नाम दर्ता गराउन सक्ने छन्।

 ३) आफ्नो हितग्राहि खातामा रहेको ईमेल ठेगाना मार्फत निम्न बमोजिमको विवरण उल्लेख गरी उल्लेखित ठेगानामा इमेल पठाई सम्पूर्ण इकाइंधनीहरुले आफ्नो नाम दता गराउन सक्ने छन्।

ईमेलमा उल्लेख गर्नुपर्ने बिषय

(E-mail Subject) : Dividend Re-investment Plan

पठाउनु पर्ने ईमेल ठेगाना (Receiver's E-mail) : [email protected]

ईमेलमा उल्लेख गर्नुपर्ने विवरण: इकाईधनीको पुरा नाम (Unit-holder's Full Name) : इकाईधनीको हितग्राही खाता नं. (Unit-holder's BOID): इकाईधनीको सम्पर्क नम्बर (Contact Number):

क्यापिटलले भदौ १९ गतेसम्म नाम दर्ता गरिसक्न आग्रह गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved