ब्रोकर थप्ने नियमावली तत्काल पारित नगरे आन्दोलनमा उत्रने लगानीकर्ता संघको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2022 | 02:01:54 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ताका ३ वटा संघहरुले ब्रोकर थप्ने समबन्धि नियमावली तत्काल पारित गर्न आग्रह गरेका छन् । नेपाल ईन्भेष्टर्स फोरम,  शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा धितोपत्र बोर्डले पारित गरेको उक्त कार्यविधि तत्काल पारित गर्न आग्रह गरेका हुन् ।

नेपाल धितोपत्र बोर्डबाट पास भईसकेको तर मन्त्रिपरिषदबाट  उक्त संशोधित नियमावली पास हुन ढिलासुस्ति भएकोमा सम्पूर्ण लगानीकर्ताहरूमा संशय उत्पन्न भएको संघहरुले उल्लेख गरेका छन् । खरबौँ पुँजी भएको पुँजी बजारलाई सिमित ब्रोकरहरूबाट लामो समयदेखि सिन्डिकेटको वातावरण तयार गरी बजार विकास र विस्तारमा अवरोध गर्ने कार्य भईरहेको हुनाले तत्काल नियमावली पास गर्न उनीहरुले आग्रह गरेका छन् ।

 भारत, सिंगापुर, बंगलादेश, श्रीलंका, अमेरिका लगायत विश्वभर प्रचलनमा रहेको FREE ENTRY / FREE EXIT को व्यवस्था रहि आएको सन्दर्भमा नेपालमा सिमित ब्रोकर राखि कारोबार भईरहेकोले उक्त धितोपत्र बोर्डबाट पारित ब्रोकर थप सम्बन्धी कार्य कुनै बहानाबाजी नगरी यथाशीघ्र पारित गर्न ३ वटै संघहरुले आग्रह गरेका हुन् ।  सो नियमावली यो वा त्यो बहानामा कहिँ कतैबाट रोक्न नहुने र रोकिएमा ५२ लाख लगानीकर्ताहरू आन्दोलित हुन बाध्य हुने चेतावनी संघहरुले दिएका छन् ।

  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved