सामान्य अंकले बढ्यो नेप्से: नेपाल टेलिकमको कारोबार उच्च, कमाउनेमा विन नेपाल अगाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2022 | 03:31:45 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से सूचक ३.७६ अंकले बढेर १९९३.०२ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब २६ करोड ६६ लाख १९ हजार १ सय ५० रुपैयाँ ४२ पैसा बराबरको कारोबार भएको छ । जस मध्ये नेपाल टेलिकमको ११ करोड २५ लाखको कारोबार भएको छ भने अरुण काबेली पावरको ५ करोडको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ४ करोड २ लाख, शिवम सिमेन्टको ३ करोड ५८ लाख तथा रिडी हाइड्रोको ३ करोड ५४ लाखको कारोबार भएको छ ।

आज विन् नेपाल लघुवित्तको शेयर मूल्य सर्वाधिक ७.४८ प्रतिशतले बढेको छ भने  रिलायन्स फाइनान्सको शेयर मूल्य ६.६४ प्रतिशतले बढेको छ । त्यस्तै मैलुंग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ५.८४ प्रतिशत, सिभिल लघुवित्तको शेयर मूल्य ४.९६ प्रतिशत तथा समता घरेलुई लघुवित्तको शेयर मूल्य ४.६३ प्रतिशत बढेको छ ।

आज रुरु हाइड्रोको शेयर मूल्य सर्वाधिक ५.७० प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये बैंकिंग, लघुवित्त, म्युचुअल फण्ड र लागनी बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सर्वाधिक १.८९ प्रतिशत बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved