हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको सुरुवाती मूल्य तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2022 | 09:34:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको पहिलो कारोबारको लागि सुरुवाती मूल्य तय गरेको छ । नेप्सेले कम्पनीको अन्स्थापक शेयरको कारोबारको लागि प्रति कित्ता २१० रुपैयाँको दरले सुरुवाती मूल्य तोकेको हो ।

कम्पनीको संस्थापक शेयर HEIPO सिम्बलबाट कारोबार हुने छ । कम्पनीको साधारण शेयर HEI सिम्बलबाट कारोबार भईरहेको छ । 

साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज भई बनेको  हिमालयन एभरेष्ट इन्स्योरेन्स बनेको हो । नेप्सेमा कम्पनीको २ करोड २३ लाख ९९ हजार ३ सय ६७ कित्ता शेयर सुचिकृत भएको छ । साधारण शेयरको पहिलो पहिलो कारोबार भने ५१० रुपैयाँ ४८ पैसामा भएको थियो  । 

 साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज भई  साउन १ गतेबाट हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार भएको हो ।   १००:८५ को स्वापमा २ कम्पनी मर्ज भएका हुन्  । जस अनुसार एभरेष्ट इन्सोरेन्स कम्पनी लि. को १०० कित्ता शेयर वरावर हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. को ८५ कित्ता (१:०.८५) शेयर पाउने छन् ।

दुवै कम्पनीले बैशाख २३ गते एक आपसमा मर्जमा जाने सम्झौतामा हस्ताक्षर गरेका थिए भने असार २ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए । बीमा समितिले असार ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो भने कमपनी रजिष्ट्रार कार्यालयले असार २३ गते स्वीकृति प्रदान गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved