ब्रोकर नियमावली पारित नभए बिहिबारबाट आन्दोलन थाल्ने शेयर लगानीकर्ता एकता समितिको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2022 | 09:52:06 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता एकता समितिले मन्त्रिपरिषदमा पुगेको ब्रोकर सम्बन्धि नियमावली आगामी  बिहिबारसम्म पास गर्न अल्टिमेटम दिएको छ । एकता समितिका संयोजक तिलक कोइरालाले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । 

बिहीबारसम्ममा धितोपत्र बोर्डको प्रस्ताव स्वीकृत भई कार्यान्वयनमा नआएमा वर्तमान सत्ताधारी पार्टी र मन्त्रीहरु विरुद्ध आन्दोलन थाल्नुका साथै चुनावी अभियान समेत संचालन गरी विकल्प  खडा गर्ने चेतावनी  शेयर लगानीकर्ता एकता समितिले दिएको हो। खुला बजार अर्थनीतिको हिमायती रहेको नेपाली काँग्रेस सरकारमा भएको र यातायात लगायतका अरु क्षेत्रमा सिण्डिकेट समाप्त भईसकेको अबस्थामा पूँजी बजार जस्तो स्वतन्त्र छाड्नुपर्ने र धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त पार्नुपर्नेमा उल्टै सिण्डिकेट लादिरहने नीति लिनु आपत्तिजनक कुरा भएको एकता समितिले जनाएको छ । १० बर्ष अघि १० लाख लगानी हुँदा पनि त्यही ५० वटा ब्रोकर र अहिले लगानीकर्ताको संख्या ५३ लाख पुग्दा पनि तिनै सिमित ब्रोकरको सिण्डिकेट कुनै हालतमा स्वीकार्य नहुने एकता समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

धितोपत्र बोर्डले गरेको प्रस्ताव तत्काल स्वीकृत गरी पूँजी बजारको बिकास र बिस्तारमा सघाउनुपर्ने सरकारकै तर्फबाट उल्टै ब्यवधान खडा गरी चुनावको मुखमा ५३ लाख लगानीकर्ताहरुलाई आक्रोशित पार्ने र विरोधी बनाउने घोर जनविरोधी कार्यलाई तत्काल सच्चाई आम चुनावमा सबै लगानीकर्ताहरुको मत प्रधानमन्त्री शेरबहादुर देउवाकै सरकारले पाउने वातावरण बनाउन एकता समितिले आग्रह गरेको छ।

त्यस्तै एकता समितिले अनसन तोड्ने बेलामा भएका अरु सहमतिका बुँदाहरु कार्यान्वयनको भरपर्दो प्रयास शुरु नभएमा पनि आन्दोलनको चेतावनी दिएको छ ।  नेपालको पूँजी बजारलाई नीति, नियम, प्रविधि, पुर्वाधार र सही नियमद्धारा समुन्नत पारी लगानीकर्ताको हित संरक्षणको दरिलो आधार तय गर्न १० दिनसम्म गरेको आमरण अनशनको जगमा नेपाल धितोपत्र बोर्ड र हामीबीच १९ बुँदे सहमति भएको समितिले स्मरण गराएको छ । सोही सहमति कार्यान्वयनको सिलसिलामा ब्रोकर लाईसेन्स सम्बन्धी धितोपत्र बोर्डले गरेको नीतिगत प्रस्ताव मन्त्रिपरिषद बैठकमा गएर रोकिएको र सरकारकै केही मन्त्रीहरुका तर्फबाट त्यसलाई असफल पार्ने भुमिका खेलिएको एकता समितिले उल्लेख गरेको छ ।

सेयर लगानीकर्ताका 'साना र टुक्रे'  चार वटा संगठनहरु गाभिएर सेयर लगानीकर्ता एकता समिति निर्माण भएको हो । स्वतन्त्र पूँजी बजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाब समूह, पूँजी बजार संघ र लगानीकर्ता हकहित संरक्षण मन्चलाई एक आपसमा गाभेर सेयर लगानीकर्ता एकता समिति निर्माण गरिएको हो।

पछि थप गर्ने गरी गठित १०१ सदस्यीय सेयर लगानीकर्ता एकता समितिका सदस्यहरुमा मुक्ति अर्याल, रोहन कार्की, एसपी चौलागाई, सुवासचन्द्र भट्टराई, नयन बास्तो्ला, कमल भारती, बिशाल कडरिया, नानीबाबुु खरेल, सुरज खड्का, बालकृष्ण निउरे, एलबी साह, रामनाथ यादव, लता शाह, श्याम ढकाल, प्रकाश सापकोटा, पुरुषोत्तम कँडेल, बुद्धिसागर डुम्रे, नरेश मानन्धर, बेनिमाधब बस्याल , कमलराज अधिकारी, मिलन पौडेल, प्रमिला राजभण्डारी, डेगबहादुर कार्की, लक्ष्मण बन्जारा, हरिप्रसाद सापकोटा, भुवन ढुंगाना, खोमनाथ प्याकुरेल, रुपक बुढाथोकी, अनु शर्मा, शिवराम श्रेष्ठ लगायत रहेका छन् ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved