हकप्रद निष्काशन गर्ने लाइफ इन्स्योरेन्स कर्पोरेशनको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2022 | 10:13:38 AM मा प्रकाशित

laxmi  sunrise bank

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले हाल कायाम चुक्तापुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

 बीमा समितिबाट जीवन बीमा कम्पनीहरुले आफ्नो चुक्ता पूँजी  पाँच अर्ब कायम गर्नु पर्ने निर्देशन भएपछि हकप्रद निष्काशन गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ  ।  कम्पनीले १९ औं वार्षिक साधारण शभाबाट कायम भएको चुक्ता पूँजी  दुई अर्ब पैसठ्ठी करोड बत्तिस लाखको ८८.४५१६८ प्रतिशत अर्थात १: ०.८८४५१६८ को अनुपातले हुने दुई अर्ब चौंतिस करोड अठ्सठ्ठी लाख बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो  । कम्पनीको उक्त प्रस्ताव  बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपश्चात मात्र लागू हुने छ।

कम्पनीमा ५५ प्रतिशत लगानी रहेको भारतीय कम्पनी 'भारतीय जीवन बीमा निगम'ले यस अघि नै हकप्रदको लागि रकम लगानी गर्ने निर्णय गरिसकेको थियो।  भारतीय जीवन बीमा निगमको समितिको बैठकले नेपालमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडमा हकप्रदमा रुपमा १ अर्ब २७ करोड ७ लाख रुपैयाँ लगानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । यो ८० करोड ६७ लाख भारु बराबर हो । 

हाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रहेको छ । यस कम्पनीमा भारतीय जीवन बीमा निगम'को ५५ प्रतिशत लगानी रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved