भदौ भित्रै थप ७ वटा संस्थालाई प्राइभेट इक्विटी भेन्चर क्यापिटलको लाईसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2022 | 12:55:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले भदौ महिना भित्र नै थप ७ वटा संस्थालाई प्राइभेट इक्विटी भेन्चर क्यापिटलको लाईसेन्स दिने जनाएको छ । सोमबार आयोजित एक कार्यक्रममा बोर्ड अध्यक्ष रमेश हमालले भदौ महिना भित्र नै थप ७ वटा कम्पनीलाई लाईसेन्स दिने बताएका हुन् 

उनले अन्य ७ वटा संस्थालाई पूर्वाधार तयार गर्न भनेको र उनीहरुले पूर्वाधार तयार परिसकेपछि नियम अनुसार सबैलाई लाईसेन्स दिने बताएका हुन् । बोर्डले  विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम यस अघि ग्लोबल इक्विटी फण्ड र अवसर इक्विटी फण्डलाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र प्रदान गरिसकेको छ । 

 त्यस्तै बोर्डले अन्य ७ वटा संस्थालाई पनि पूर्वाधार तयार पार्न भनेको छ । बोर्डले मर्चेन्ट बैंकरतर्फ एनएमबि क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, एनआईसी एसिया क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, र एनआईबीएल एस क्यापिटल लिमिटेड, तथा म्युचुअल फण्डतर्फ आध्यान्त फण्ड लिमिटेडलाई आवश्यक पूर्वाधार तयार गर्न पत्राचार गरेको हो । उनीहरुले आवश्यक पूर्वाधार गरेपछि बोर्डले अनुगमन गरि लाईसेन्स प्रदान गर्ने छ   ।

विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ मा विशिष्टीकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा बोर्डले अनुमतिपत्र दिने ब्यबस्था छ । सोहि अनुसार बोर्डले लाईसेन्स दिन थालेको हो । 

 नेपालको पूँजी बजारमा हाल शेयर , डिवेञ्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध भइरहेकोमा प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल कोषको नियमन व्यवस्था तथा प्रवेशसँगै पूँजी परिचालनको नयाँ बैकल्पिक उपकरणको विकास भई स्टार्ट अप व्यवसायमा पूँजी परिचालन हुने, निजी क्षेत्रको श्रोत परिचलान हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यक्तिगत आय तथा राजस्वमा बृद्धि भई धितोपत्र बजारमार्फत् अर्थतन्त्रमा थप टेवा पुग्ने बोर्डले विश्वास लिएको छ ।

धितोपत्र बजारको विकास र विस्तारको लागि विभिन्न वित्तीय उपकरणहरुको विकास गरी संचालन गर्ने क्रममा नयाँ वित्तीय उपकरणको रुपमा अन्तर्राष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल जस्ता कोषको स्थापना र संचालनका लागि बोर्डबाट विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू भएको हो ।

प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल जस्ता कोषहरुमार्फत् पूँजी परिचालन भई नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा वौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई संचालन गर्न र नयाँ व्यवसाय, उद्यमहरुलाई शुरुवात गर्न स्वदेशी तथा बैदेशिक लगानी आकर्षण गरी लगानीको नयाँ अवसरहरु प्रदान गर्न सकिने भएकोले यस किसिमको कोषको स्थापना र संचालनले पूँजी बजारको दायरा फराकिलो हुने, पूँजी बजारमा नयाँ एंव आधुनिक वित्तीय उपकरणको प्रयोग हुने, नवीनतम उद्यम व्यवसाय संचालनका लागि स्वदेशी तथा विदेशी पूँजी जुटाउन सहयोग पुग्ने र लगानीकर्ताहरुलाई नयाँ लगानीको अवसर प्राप्त भई देशको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने बोर्डको विश्वास छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved