
हिमालयन बैंकले आज भदौ १५ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले अंकित मूल्य १००० दरको २ अर्ब ५० करोडले हुन आउने २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो।
२५ लाख कित्ता मध्ये १० लाख कित्ता सर्बसाधारणलाई र १५ लाख कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । सर्वसाधारणलाई छुट्याईएको मध्ये ५ हजार कित्ता सामुहिक लगानी कोषहरुले खरिद गर्न आवेदन दिएका छन् । बाँकि रहेको ऋणपत्रको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ता छिटोमा भदौ १९ गतेसम्म र सो समयसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सक्ने छन् ।
७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.५० प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।