कुन मूल्यमा भयो राप्ती हाइड्रोको पहिलो शेयर कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2022 | 10:47:40 AM मा प्रकाशित

laxmi  sunrise bank
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर कारोबार सुरु भएको छ । आज बुधबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि अब नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ ।

कम्पनीको पहिलो कारोबार प्रति कित्ता ३१९ रुपैयाँमा भएको छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०६.३५ रुपैयाँदेखि ३१९.०५ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा उच्च बिन्दुबाट नै कारोबार सुरु भएको हो। कम्पनीको RHGCL सिम्बलबाट कारोबार सुरु भएको हो । मंगलबार कम्पनीको ६१ लाख २७ हजार ९ सय ३८ कित्ता शेयर सुचिकृत भएको थियो। 

कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको ३७ हजार ६ सय २३ कित्ता समेत थपेर सर्बसाधारणलाई निष्काशन गरेको थियो।  

कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved