शेयरबजारमा दोहोरो अंकको गिरावट: टेलिकमको कारोबार उच्च, सबै सूचक राताम्मे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2022 | 03:27:18 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २१.९७ अंकले घटेर १९७३.३८ को बिन्दुमा पुगेर रोकिएको छ 

आज कारोबारमा आएका २२४ कम्पनीका २९ लाख ९२ हजार ८ सय ७३ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८ सय ६१ रुपैयाँ ९८ पैसाको कारोबार भएको छ । जस मध्ये नेपाल टेलिकमको सर्वाधिक १० करोड ७४ लाखको कारोबार भएको छ । त्यस्तै रिडी हाइड्रोको ६ करोड ४० लाख, राप्ती हाइड्रोको ३ करोड २७ लाख, नेष्डो समृद्द लघुवित्तको ३ करोड २५ लाख तथा शिवम सिमेन्टको ३ करोड ६ लाख बराबरको कारोबार भएको छ 

आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै आरबिबि म्युचुअल फण्ड १ को इकाई मूल्य १.९७ प्रतिशतले बढेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र २०८४ को मूल्य १.९४ प्रतिशतले बढेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य १.६१ प्रतिशत बढेको छ भने गणपति लघुवित्तको शेयर मूल्य १.४० प्रतिशतले बढेको छ । 

आज कारोबारमा आएका मध्ये हिमालयन पावर पार्टनरको शेयर मूल्य सर्वाधिक ६.८६ प्रतिशत घटेको छ भने अपर सोलु हाइड्रोको शेयर मूल्य ५.२२ प्रतिशतले घटेको छ । त्यस्तै अपर हेवाखोला हाइड्रोको शेयर मूल्य ५.१९ प्रतिशत, रिलायन्स फाइनान्सको शेयर मूल्य ५.१२ प्रतिशत तथा खानीखोला हाइड्रोको शेयर मूल्य ५.०७ प्रतिशत घटेको छ 

आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समूह सबैभन्दा धेरै २.४२ प्रतिशत घटेको छ भने हाइड्रोपावर समुह २.१७ प्रतिशत घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved